लुम्विनी प्रदेश सरकार अन्तरगत 12 वटा जिल्ला रहेका छन जस मध्ये दाङ एक जिल्ला हो । दाङ जिल्लाको अधिकांश भू–भाग मध्ये करिव ६५% बन जंगलले ढाकेको छ । यो जिल्ला व्यावसयिक कुखुरा पालनको लागि उर्वर भुमिका कारण जिल्लामा १ दर्जनभन्दा बढी ह्याचरीबाट उत्पादित चल्ला तथा हुर्किएका कुखुरा अन्य जिल्लामा निर्यात हुनुका साथै व्यावसायिक पशुपन्छीपालन, मत्स्यपालन तथा घाँस खेतीका लागि कृषकहरु आकर्षित भएको देखिन्छ । विगत केही वर्ष यता नविनतम प्रविधिमा आधारित स्थानिय कुखुरा, कालिज, लौकाट, वट्टाई पालन तर्फ कृषकहरु उत्साहित भएको देखिन्छ। नेपालकै चिनारी वोकेको वर्षिम घाँसको स्रोत केन्द्र, पशु आहारको लागी संचालित साइलेज उद्योगहरुले पशु पालन व्यवसायलाई टेवा पू¥याएका छन । यस कार्यालयबाट संचालति कार्यक्रमहरुबाट व्यवसायिक किसानका साथै विपन्न, गरिव, दलित तथा आयश्रोत कम भएका महिला तथा कृषकहरुको आय आर्जजनमा वृद्धि गर्नका लागि विशेष तथा लक्षित कार्यक्रम हुदै आएका छन।